कोहलपुर ।
‘मसंग त्यस्तो विशेष क्षमता केही पनि छैन, मात्र नयाँ कुरा जान्न र बुझ्नको लागि सधै उत्सुक रहुन्छु’ भन्ने भनाई हामीले निकै सुनेका छौं ।
अरुसंगको क्षमताभन्दा आफूमा भएको क्षमता प्रर्दशन गर्न स्थान पाउनुपर्छ जुन विषयले उत्कृष्टता प्रदान गर्छ । अनुभव, सिप, जागर र उत्सुकले मानिसलाई पूर्ण बनाउँछ ।
शिक्षामा सुधार ल्याउन र सफल बनाउन जोसुकैले गर्न सक्दैनन किनकी निकै कडा मेहनत, परिश्रम, सम्मानजनक व्यवहार आवश्यकता पर्छ जो शिवशक्ति आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार बस्नेतसंग भेटिन्छ ।
उनी विहान विद्यालय सुरु हुनुपूर्व विद्यालयमा आईपुग्छन्, बालबालिकाहरुको हेरचाह, स्याहार, खाजा, उपस्थितअनुस्थित जस्ता यावत विषयलाई नियमन गर्दै कक्षाकोठा समेत पुग्छन् । बस्नेत विद्यालय बन्द भएपनि विद्यालयमा भएका रेखदेखसंगै अन्य कामहरु समेत गरिरहेका छन् ।
उनी उमेरले ७३ वर्षका भए । कोहलपुर नगरपालिकाले तयार पारेको स्थानिय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई कोहलपुर नगरपालिकामा भएका विषयवस्तुहरुलाई समेत सिकाउने गर्छन् ।

शिवशक्ति आधारभूत विद्यालयका प्रअ बद्रिनाथ सापकोटाले बालबालिकालाई जिवन उपयोगी सिप र स्थानिय पाठ्यक्रमका बारेमा बालबालिकाले व्यवहारिक रुपमा अनुभव र सिप आदानप्रदान गरेपछि शिक्षणमा समेत शैक्षिक गुणस्तर बृद्धि भएको र विद्यार्थीहरु समेत बढेको बताउँछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार बस्नेत ३ पटक यसै विद्यालयका विव्यस अध्यक्ष हुन् ।
विद्यालयका विव्यस अध्यक्ष, शिक्षक, कर्मचारीहरुले शिक्षाको गुणस्तर बृद्धि गर्ने र नगरपालिका, सामाजिक विकास, प्रदेश हुँदै केन्द्रसम्म नमूना विद्यालय बनाउने संकल्पका साथ लागि परेको विद्यालयका प्रअ सापकोटाले बताउँछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्