काेहलपुरका पुराना पत्रकार सापकोटाको मृत्यु

कोहलपुर ।

बाँकेका अग्रज पत्रकार लक्ष्मण सापकोटाको मृत्यु भएको छ । लामो समयदेखी कलेजो सम्बन्धि समस्याबाट गुज्रिरहेका सापकोटाको बुधबार दिउँसो उपचारका क्रममा निधन भएको हो ।

उनको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको थियो । सापकोटाको निधनप्रति पत्रकार महासंघ बाँके शाखाले दु:ख ब्यक्त गरेको छ । बुधबार महासंघ बाँकेका सचिव कमल डाँगीले शोक विज्ञप्ती जारी गर्दै सापकोटाको निधनले बाँकेको पत्रकारीता क्षेत्रमा अपुरणीय क्षती पुगेको उल्लेख गरेको छन ।

सापकोटाको शवलाई बुधबार नै दाहसंस्कार गरीएको छ । दाहसंस्कार अघि अगैया स्थित आर्यघाटमा अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्दै पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा तथा महासंघ बाँकेका पुर्व अध्यक्ष रुद्र सुवेदीले सापकोटाको पार्थिव शरीरमा पत्रकार महासंघको झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए ।

अन्तिम संस्कार अघि सापकोटाको शवलाई घरमै राखेर श्रद्धाञ्जली ब्यक्त गरीएको थियो । सापकोटालाई श्रद्धाञ्जली ब्यक्त गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवारद्धवय नरेन्द्र न्यौपाने र खिलप्रसाद भुषालका साथै नेपाल पत्रकार महासंघ बाँकेका वर्तमान तथा पूर्व पदाधिकारीहरु सापकोटाको घर पुगेका थिए ।

पत्रकार महासंघ बाँकेका सदस्य सापकोटा प्रेस सेन्टर नेपालमा आवद्ध थिए । उनका श्रीमतीसँगै एक छोरा र एक छोरी छन ।