काेहलपुर ।
बाँके जिल्लामा पनि नेकपा एमालले पार्टी प्रवेशकाे अभियान सञ्चालन गर्ने भएकाे छ । बाँकेका इन्चार्ज सुर्य ढकालका अनुसार केन्द्रिय सरकुलर अनुसार प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरिएकाे बताए ।
पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी बाँकेका ८ वटै स्थानिय तहकाे निर्वाचनमा बहुमत प्राप्त प्रार्टी बन्ने एमालेले बाँकेले दाबी समेत गरेको छ ।
‘हाम्रो पार्टी आगामी बाँकेका ८ वटै स्थानिय तहकाे निर्वाचनमा पहिलो मात्र होइन, देशमा नै बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा लेखिएको छ ।
नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व आफूहरुले र अर्को ध्रुवको नेतृत्व पाँच दलीय सत्ता गठबन्धनले गरेको जनाएको छ । सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले जनाएको छ ।
पार्टी र पार्टीको मुख्य नेतृत्वका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेको बेलामा विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक रुपमा सफल पारेको दाबी समेत एमालेले गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्