रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु




जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार