कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै एमाले

काेहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराउन लागेको छ । सोमबार दोस्रो दिन राप्रपाका वडा अध्यक्ष सहित सदस्यहरुले मनोनयन गर्दा गरेपछि एमालेले कोहलपुरमा मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

मेयरमा खिलप्रसाद भुषालले उम्मेदवारी दर्ता गराउन लागेका छन् भने उपमेयर पदमा अस्मिता थारुले उम्मेदवारी दर्ता गराउन लागेकी छिन् । अहिले वडा अध्यक्षहरुको लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।

मनोनयन गर्ने पहिलो दिन स्वतन्त्र सहित चार दलले उम्मेदवारी दर्ता गराएका थिए । उनका अनुसार पहिलो दिन राप्रपा, जनमत र नेपाल जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । तर केही राप्रपाका वडा अध्यक्ष र सदस्यहरुको मनोनय दर्ता गर्न बाँकी भएकोले सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।

यस्तै नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, नेमकिपा र राष्टिय जनमोर्चा लगायतका दलले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।