कोहलपुर नगरपालिकाकाे गेटमा फालिएको फोहोर जेसीबीद्धारा फोहोर हटाउँदै




कोहलपुर ।

कोहलपुरमा विगत लामोसमयदेखि फोहोर उठेको छैन । बजार क्षेत्रका अधिकांश सडकहरु अहिले फोहोरले नै भरिएका छन् । फोहोरले गर्दा मानिसहरु हिड्डुल गर्र्दा निकै गन्ध आउँछ जसले गर्दा आवत जावत गर्न समस्या छ ।

फोहर व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनीले फोहर उठाउन छाडेपछी कोहलपुर बजार क्षेत्रमा दुर्गन्धित बन्दै गएको हो ।

शनिबार कोहलपुर नगरपालिकाका वाइसिएलको नेतृत्वमा सम्बन्धीत कम्पनीले फोहोरको व्यवस्थापन नगर्दा बजार क्षेत्र दुगन्धित भएको भन्दै कोहलपुर नगरपालिकाको गेटमा फोेहोर फालेका थिए । कोहलपुर नगरपालिकाकाे गेटमा भएकाे फाेहाेर जेसीवीद्धारा हटाउन लागेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ११ गते आइतबार