डोल्पाका दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेका छन्।
०७४ मा एमालेबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले पार्टी छाडेका हुन्।
काईके गाउँपालिका अध्यक्ष राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरूङ्क माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन्।
राना एमाले कर्णाली प्रदेश कमिटी सदस्य पनि थिए।
हेर्नुस् विज्ञप्ति:

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्