कोहलपुरमा एसबाट मेयरमा अब्दुल हुसेन खाँ सर्वसम्मत, उपमेयरमा ओली र कोइराला




काेहलपुर ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक पार्टीहरु चुनावी समीकरण र उमेदवारको सिफारिसको लागि कसरत गरिहेका छन् ।

नेकपा एकीकृत समाजबादीले कोहलपुरको मेयरमा सर्वसम्मत, र उपमेयरमा २ जनाको नाम सिफारिस गरेको छ । कोहलपुर नगरपालिकाको मेयरको लागि नेकपा एकीकृत समाजबादीले अब्दुल हुसेन खाँलाई सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजबादीले कोहलपुर नगरपालिकाको लागी उपमेयरमा भने २ जनाको नाम सिफारिस गरेको छ, जसमा नारायणी ओली र मन्जु कोइरालाको नाम सिफारिस गरिएको नेकपा एस बाँकेका सचीव दिपक जिएमले बताएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ५ गते सोमबार