जुम्लाकाे गुठीचाैरमा हावाहुरीले विद्यालयकाे छाना उडाउँद पढाइ प्रभावित

काेहलपुर

जुम्लाको गुठीचौर गाउँपालिका -३ गर्ज्याङ्काेटकाे बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको छ।

हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित बनेको छ।

दुईकोठे विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि दुई लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक एकराज बुढाले बताए।

उनले भने, ‘हावाहुरीले टिनको छाना उडाउँदा विद्यालय भित्र रहेका डेस्क–बेन्चलगायत अन्य शैक्षिक सामग्री पानीले भिजेर नष्ट भएको छ।’

२०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ५० विद्यार्थी अध्ययनरत छन्।