Kohalpur Today Header Ads

रुपन्देहीका ६ पालिकामा गठबन्धन नहुने




बुटवल ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ ।

१६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।

यी ६ पालिकामध्ये पाँचवटा पालिकामा अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो । हाल एक पालिका प्रमुख र उपप्रमुख लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टीले दक्षिणी भेगका ८ वटा पालिकामा दाबी गरेपछि दलहरूबीच सहमति जुट्न नसक्दा मित्रवत प्रतिस्पर्धा गरेर जाने विकल्प रोज्नुपरेको सभापति खांणले बताए ।

‘दक्षिणका ६ पालिकामा एमाले चौथो स्थानमा रहेकाले अलग अलग लड्दा पनि गठबन्धनभित्रकै दलले जित्ने भएकाले यो विकल्प रोजेका हौं’ खाँणले भने, ‘अन्य १० वटा पालिकामा भने गठबन्धन हुन्छ ।’

रोहिणी र ओमसतिया गाउँपालिकामा पनि गठबन्धन नगरी छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सम्भावना रहेको जसपा नेता किस्मत विश्वकर्माले बताए ।

बुटवल उपमहानगरसहित अन्य ४ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा पनि दलहरूबीच कुन दलले कुन पालिकाको नेतृत्व र कति वडा पाउने भन्ने सहमति जुट्न सकेको छैन ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर र तिलोत्तमामा प्रमुख पद नेकपा एकीकृत समाजवादीको दाबी रहेको एकीकृत समाजवादीका जिल्ला सचिव अविराम विकले बताए । ‘एमालेले जितेका पालिकामा हाम्रो दाबी स्वभाविक हो’ विकले भने, ‘पालिकाहरूको न्यायोचित बाँडफाँट गरेर नतिजा राम्रो आउने गरी गठबन्धनलाई सफल बनाउन सबै लचिलो हुनुपर्छ ।’

यस्तै सैनामैना नगरपालिका, ओमसतिया र कन्चन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । गठबन्धनको ठूलो दल भएकाले नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकासहित देवदह, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा पनि दाबी गरेको छ ।

‘सबैका आ-आफ्ना दाबी भए पनि आइतबार -आज) साँझ वा सोमबारसम्म कस्ले कुन पालिका लिने भन्ने सहमति जुटाउँछौं’ कांग्रेस रुपन्देही सभापति खाँणले भने ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ५ गते सोमबार