दोषीमाथि कारबाहीको माग गर्दै नेपालगञ्जमा टायर बालेर प्रदर्शन




काेहलपुर ।

नेपालगन्जमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बिपि चोकमा टायर बालेर प्रदर्शन गरेका छ्न ।

प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

बाटोमा हिडिरहेका तीन जनालाई कारले ठक्कर दिएको थियो । कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पु¥याएपनि चिकित्सकले भने मृत घोषणा गरेका थिए ।

कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि कार्बाही र क्षेतीपुर्ति माग्दै टायर बालेर प्रदर्सन गरेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १ गते बिहीबार