उपसभापतिमा गुरुङ र खड्काको अग्रता




काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

त्यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । बुधबार साँझबाट पार्टी कार्यालय सानेपामा ३ ठाउँमा मतगणना गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार