बाँकेमा ९९.०३ प्रतिशतले टाइफाइड रोग विरुद्धको खोप लगाए




काेहलपुर ।

बाँकेमा ९९.०३ प्रतिशतले टाइफाइड रोग विरुद्धको खोप लगाएका छन् ।

बाँकेका ८ पालिकामा १ लाख ४८ हजार ९ सय ३३ जना मध्ये १ लाख ४७ हजार ४ सय ९१ जनाले खाेप लगाएकाे टाईफाईड रोग विरुद्धको खोप लगाएकाे जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

उनका अनुसार २३ गतेदेखि २९ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइएकाे थियाे । १५ महिनादेखी १५ वर्षसम्मका बालबालिकालाई दिइएकाे थियाे ।

विद्यालयमा ८० प्रतिशत र स्वास्थ्य संस्थामा २० प्रतिशत खोप केन्द्र सञ्चालन भएका थिए भने जिल्लाभर २ सय ६४ खोप केन्द्र राखिएको थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २९ गते मंगलबार