‘पार्टीले टिकट दिए चुनाव जित्ने पक्का छ’

नेपालमा २० वर्षपछि स्थानीय चुनाव भएको थियो । निर्वाचन भएपछि आधा कार्यकालमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा कुनै कारणवस रित्त भएमा उपनिर्वाचन मार्फत पदपूर्ति हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार कोहलपुर वडा नम्बर ६ मा पनि उपनिर्वाचन भएको थियो । सो निर्वाचनबाट ६ नम्बर वडाको अध्यक्ष पदमा राम शरण थारु विजय भए । निर्वाचित भएपछि घोषणा पत्रमा राखेका विकास र समृद्धिका विषयहरुमा के-के कामहरु भए ?, के-के हुन सकेनन ?, अब के-के गर्न बाँकी ? र अबको योजना कस्तो छ ? जस्ता विषयबस्तुमा अध्यक्ष थारुसंग गरिएको संक्षिप्त कुराकानी :-

१. तपाई निर्वाचित भएर आएपछि अहिलेसम्म वडामा केके काम गर्नुभयो ?

धन्यवाद । निर्वाचित आएपछि जनताले प्रत्यक्ष देखिने गरी काम गरेको छु । मेरो कार्यकालमा ५० वटा भन्दाबढि योजना, निर्माण र सिपमुलक तालिम सम्बन्धी काम गरेको छु । जसमा पक्कि भवन, सडक, ग्राभेल, नाली निर्माण, विभिन्न तालिम, मठमन्दिर निर्माण, अपाङ्गगता भएका व्यक्तिहरुलाई सहयोग, पिछडिएका वर्गलाई सिपमुलक तालिम, बैदेशिक रोजगारीबाट र्फिकिएका आदिवासी र दलित वर्गलाई सिपमुलक तालिम गरी ५० वटा भन्दाबढि योजना, निर्माण र सिपमुलक तालिम सम्बन्धी काम गरेको छु । उपनिर्वाचनपछि नेतृत्व सम्हालेको हुँ । तर ढाईवर्ष भित्रमा पनि घोषणा पत्रमा उल्लेख गरेका अधिकांश कामहरु गर्न सफल भएको छु । मैले गरेका कामहरु भन्दै छु, अब के—के गर्ने भन्ने बारेमा योजना बनाई सकेको छु । वडामा कस्ता समस्या छन्, पुर्ण पहिचान गरेसकेको छु । जनताका समस्याहरु समाधानको लागि हरदम लागिपरेकै कारण पनि जनताको आवाज के छ भने वडामा पुन रामशरण थारु नै हुनुपर्छ भन्नेनै छ ।

२. वडामा विकासका लागि काम गरिरहँदा के कस्ता समस्याहरु आएका थिए ?

समस्या सबै क्षेत्रमा हुन्छ तर समाधान गर्न सक्नुपर्छ । त्यो समाधान गर्न सक्ने म थियो र म सफल भएको महशुस गरेको छु । सडक निर्माण गर्दा, नाली निमार्ण गर्दा अन्य कुनै तालिम सञ्चालन गर्दा विभिन्न समस्याहरु आउने गथ्र्थे तर त्यसलाई विवादरहित समाधान भयो र काम सफल भयो । अहिले समस्या भनेको घटना दर्ता गर्दा कहिले काँही समस्या आउने गर्छ त्यो भनेको कानूनी प्रक्रियाले गर्दा झनजटिलो हुने गर्दछ । अन्य समस्या खासै केही छैनन ।

३. फेरी पुनः अध्यक्षको पदमा पार्टीले टिकट दिन्छ या दिदैन के छ बताइदिनुहोस न ?

यो मेरो निर्णयको कुरा होइन । यो पार्टीले गर्ने निर्णय हो । कसले काम गर्न सक्छ वा कस्ले काम गर्न सक्दैन भन्ने विषय मेरो धारणा भित्र पदैन । तर मेरा व्यक्तिगत धारण भनेको यदि पार्टीले सहि निर्णय गर्‍र्यो भने पुनः अध्यक्ष पदमा निर्वाचित हुन्छु यदि पार्टीले टिकट दियो भने । माओवादी पार्टीको निति जनता प्रष्ट बुझेका छन् । कोहलपुर वडा नम्बर ६ मा के के काम भएको छ भन्ने विषयमा अघि पनि भनिसकेको छु ।

४. र अन्तिममा तपाईको वडामा विकास र समृद्धि गर्नका लागि के कस्ता योजना बनाउनुभएको छ ?

एकदम धेरै राम्रो प्रश्न गर्नुभयो त्यसको लागि धन्यवाद, शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, भौतिक निर्माण र तालिमहरु सञ्चालन गरी स्वरोजगार बनाउने जस्ता योजना बनाएको छु । मेरो विशेष प्राथमिकताको भनेको शिक्षा नै हो । अहिले सामुदायिक विद्यालय छैन वडामा त्यसको लागि कम्तीमा १ विघा जमीनको आवश्यकता छ । त्यसको व्यवस्थापन भैसकेको छ । अर्को प्राथमिकता भनेको सर्पदंश उपचार केन्द्र र रझेनाबाट पश्चिम जाने बाटो पिच गर्ने, वडामा सरकारी स्कुलको स्थापनाका लागि पहल गर्ने, पानीको निकासको लागि नालि निर्माण गर्ने, शुद्ध खानेपानी वितरण गर्ने महिला साक्षरतालाई बढाउने, कृषककहरुलाई विभिन्न कमिटिहरु निर्माण गरी तालिमहरु प्रदान गर्ने, वडा स्तरमा उत्पादीत वस्तुको सहज विक्रि वितरण गर्नका लागि बजारिकरणमा पहल गर्ने, टोलटोलका बाटाहरु कालोपत्रे गर्ने, विधुतको सेवा विस्तार गर्ने जस्ता विषयबस्तुहरु रहेका छन् । हालसम्म तपाईहरुबाट पाएको साथ र सहयोगले जे जती कामहरु भए त्योभन्दा अझ प्रभावकारी ढंगले कार्य गर्ने प्रतिबद्धताका जनाउन चाहान्छु ।