Kohalpur Today Header Ads

दृष्टिविहिन विद्यार्थीलाई महालक्ष्मी बैंक द्धारा सहयोग सामाग्री वितरण




रावन विश्वकर्मा, बर्दिया

महालक्ष्मी विकास बैंक बाँसगढी शाखाले ११ जना दृष्टिविहिन बालबालिकालाई सहयोग सामाग्री वितरण गरेको छ । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीमा अध्ययनरत ११ जना दृष्टिविहिन विद्यार्थीलाई सोमबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग सामाग्री वितरण गरेको हो । दृष्टिविहिन विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकपालमा प्रत्यक्ष सहयोग पुग्ने स्कुल ब्याग, ड्रेस, टि सर्ट, जुत्ता, तन्ना, टावेल, स्याम्फु, साबुन, तेल लगाएतका ६० हजार बढी मुल्य बराबरको सहयोग सामाग्री वितरण गरिएको महालक्ष्मी विकास बंैक लि. बाँसगढी शाखा प्रमुख राम बहादुर विकले जानकारी दिनुभयो ।

बैकले अघिल्ला बर्षहरुमा पनि सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत विभिन्न क्रियाकलाप गर्दै आएको उहाको भनाई छ । बाँसगढी शाखा प्रमुख विकका अनुसार काठमाडौको दरबार मार्गमा केन्द्रिय कार्यालय रहेको महालक्ष्मी बैकले हाल सम्म १ सय ३ वटा शाखा मार्फत वित्तिय सेवा दिदै आईरहेको छ । सामाग्री वितरण कार्यक्रममा बाँसगढी नगरपालिका प्रमुख खडक बहादुर खड्का, वडा न ५ का वडा अध्यक्ष दहवा थारु, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भिम खत्री, महाँलक्ष्मी विकास बैंक लुम्बिनी प्रदेशका प्रमुख खगेन्द्र साउद, नेपालगंज शाखा प्रमुख विन्दु शर्मा, बैकका कर्मचारी, शिक्षक, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेरा मावि बाँसगढीका प्रधानाध्यापक निराजन चापागाईले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत बैंकका लुम्बिनी प्रदेश (ख) प्रमुख खगेन्द्र बहादुर साउदले गर्नु भएको थियो ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमबार