बाँकेमा कारले ठक्कर दिंदा ३ पैदलयात्रीको मृत्यु

काेहलपुर ।

नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका– ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुधन न्यैपानोले जानकारी दिए ।

उनका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको डिएसपी मधुसुधन न्यैपानोले जानकारी दिए ।