काेहलपुर ।
बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र निर्माण गरिने भएको छ । पर्यटकहरुलाइ सूचना प्रदान गर्नका लागि करिब ७० लाखको लागतमा कोहलपुरमा दुइवटा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले बताए।
बाँके राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुका लागि भिजिटर इन्फर्मेसन सेन्टर स्थापना गर्ने तयारीमा छौ अबको केहि समयभित्र यसको काम अगाडी बढ्छ प्रमुख शाहले भने!सूचना केन्द्र बाट बाँके राष्ट्रिय निकुञ्ज सम्बन्धि सम्पुर्ण जानकारीहरु प्राप्त गर्न सकिने बताइएको छ ।
निकुञ्जमा गत आर्थिक वर्षमा ८ बिदेश नागरिक सहित करिब ४ सय ८० जना पर्यटकले निकुञ्ज भ्रमण गरेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ।
निकुञ्जमा पाइने मुख्य जनावरहरूमा बाघ, चितुवा, हात्ती, गैंडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सरीसृपहरू लगायतका जीवजन्तूहरु अवलोकन गर्न सकिन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्