आयूर्वेद स्वास्थ्य शिविरबाट चार सय बढि लाभान्वित

कोहलपुर ।

कोहलपुर नगरपालिकाले आयोजना गरेको निःशुल्क आयूर्वेद स्वास्थ्य शिविर बाट चार सय बढि लाभान्वित भएका छन् । शनिबार कोहलपुर वडा नं. १ स्थित कृष्ण मा.वि. कौशिलानगरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

आयुर्वेद औषधालय प्रमुख उदिप श्रेष्ठले पाँच प्रकारका सेवाहरु दिएको बताए । जसमा जनरल OPD सेवा, पंचकर्म/पूर्वकर्म (एकांग स्नेहन/स्वेदन) Steam Bath सेवा, स्तनपायी सेवा, जेष्ठ नागरिक सेवा र योग तथा स्वास्थ्य सम्बन्धी परामर्श सेवा दिइएको बताए ।

जनरल OPD सेवा २ सय ५६ जना, पंचकर्म/पूर्वकर्म (एकांग स्नेहन/स्वेदन) Steam Bath सेवा ४३ जना, स्तनपायी सेवा १८ जना, जेष्ठ नागरिक सेवा ३६ जना र योग तथा स्वास्थ्य सम्बन्धी परामर्श सेवा ५२ जनाले लिएको आयुर्वेद औषधालय प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, उपप्रमुख सञ्जु कुमारी चौधरी, कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलिप वलीको सहभागिता रहेको थियो ।