नेपाल समाचारपत्र दैनिक बाँके समाचारदाता कुमार श्रेष्ठ सम्मानित

काेहलपुर ।

नेपालगन्ज उद्योग वाणिव्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट नेपाल समाचारपत्र दैनिक बाँके समाचारदाता कुमार श्रेष्ठ सम्मानित भएका छन् । उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा संघका अध्यक्ष अब्दुल वाहित मन्सुरी (चुन्ना) लगायतले नगर १५ हजारसहित श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान गरे ।

त्यस्तै कार्यक्रममा आठजना उत्कृष्ठ व्यवसायीलाई पनि सम्मान गरिएको छ । संघले नेपालगन्जमा २९औं र ३०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभालाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरेका छन् ।

संघका अध्यक्ष मन्सुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री खड्काले बाँकेको आर्थिक क्षेत्रको प्रवद्र्धनका विषयमा सरकार केन्द्रित रहेको बताए ।

सभामा संघका महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरे । कार्यक्रममा संघले सूचना तथा प्रविधि एप्सको पनि उद्घाटन गरेको छ । अब अनलाइनबाटै नयाँ सदस्यता र नविकरण हुने संघले जनाएको छ ।