मुकुन्द प्रसाद शर्माकाे सुन्दर गजल “यहाँ”

चैते र छेपारेहरूको बिगबिगी छ यहाँ
स्वार्थ र अवसरवादको गन्ध छ यहाँ

अहंकार र आकांक्षाको चरमचुली छ यहाँ
बिखण्डन र क्षेत्रीयताको भयंकर तस्विर छ यहाँ ।।

हरियो घाँस भित्र विषालु आजिवन सर्प छ यहाँ
मानवताको खोल आढेर कु कर्मको खेल हुन्छ यहाँ ।

आफु नभए नक्कली तमसुकको खाका तयार हुन्छ यहाँ ।
आफ्नै मान्यता र आस्था पटक पटक बिक्रि हुन्छ यहाँ ।

मुकुन्द प्रसाद शर्मा ।
रूकुम पश्चिम