मुकुन्द प्रसाद शर्माकाे सुन्दर गजल “यहाँ”




चैते र छेपारेहरूको बिगबिगी छ यहाँ
स्वार्थ र अवसरवादको गन्ध छ यहाँ

अहंकार र आकांक्षाको चरमचुली छ यहाँ
बिखण्डन र क्षेत्रीयताको भयंकर तस्विर छ यहाँ ।।

हरियो घाँस भित्र विषालु आजिवन सर्प छ यहाँ
मानवताको खोल आढेर कु कर्मको खेल हुन्छ यहाँ ।

आफु नभए नक्कली तमसुकको खाका तयार हुन्छ यहाँ ।
आफ्नै मान्यता र आस्था पटक पटक बिक्रि हुन्छ यहाँ ।

मुकुन्द प्रसाद शर्मा ।
रूकुम पश्चिम

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार