नेपाल पत्रकार महासंघ बाँकेले मनायो ६७ औं स्थापना दिवस




काेहलपुर ।

बाँके लगायत देशभरी नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाइएका छन् । ६७ औं स्थापना दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ बाँकेले शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ ।

बुधवार एक कार्यक्रम बिच नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस अवसरमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाइले बाँकेमा पत्रकार उत्पादनमा कमि आएको हुँदा जिल्ला जिल्लामा पत्रकार स्थापित गर्न पत्रकारीता सम्बन्धी क्षमता अभिबृद्धी तालिम प्रदान गरिनुपर्ने धारणा राख्नुभएको थियो ।

उहाँले पत्रकार उत्पादन गर्न पत्रकार क्षमता अभिबृद्धी तालिम प्रदान गर्न पत्रकार महाँसंघले अतुलनिय भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । पत्रकारलाइ राजनीतिक गन्ध नआउन दिन पत्रकारलाई खोलमुलक पत्रकारितामा बढि जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा पत्रकार महासंघका पुर्ब अध्यक्षद्वय झलक गैरे, निरज गौतम, लुम्बिनी प्रदेशका सदस्य आरिफ अन्सारी, प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, पत्रकार महासंघका पुर्व सचिव तिलक गाउँले लगायतले आ-आफ्नो धारणाराख्नुभएको कार्यक्रमको संचालन पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले गर्नुभएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १६ गते बुधबार