कोहलपुर ।
बारबर्दिया नगरपालिकामा जग्गा नापी कार्य प्रारम्भ भएको छ ।

बारबर्दिया नगरपालिका १ फुलबारी फाटबाट जग्गा नापी कार्य सुरु भएको छ । बारबर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारु (कविर) ले वडा नम्बर १ मा यहि मसान्तसम्म लालपूर्जा वितरण गर्ने बताएका छन् । मंगलबार देखि नापजाँच सुरु भएको छ, तर यहि मसान्तसम्म लालपूर्जा वितरण गर्नेछौं उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा नगर उप प्रमुख अञ्जु दहित, नेकपा माओवादी केन्द्रका बारबर्दिया नगर अध्यक्ष दशरथ अबलपथ थारु सुदिप, लगायत अन्य विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्