कोहलपुर ।
कोहलपुर नगरपालिका ११ स्थित इलाका प्रशासन भवन नजिकै सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत उपकेन्द्रको भवन निर्माण गरी उद्घाटन गरिएको छ । आइतबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गर्दै सेवा सुरु गरिएको हो । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी र वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक बाँकेको आयोजनामा सो भवन उद्घाटन कार्यक्रम भएको थियो ।

उद्घाटनको क्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरबासीहरु बैदेशिक रोजगारमा गएका, जान खोजेका र अलपत्र परेका व्यक्तिहरुलाई सुरक्षित नेपालमा ल्याउन र स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लगायतको काम गर्ने संस्था कोहलपुरमा आउँदा निकै राम्रो भएको बताउनुभयो । कोहलपुर नगरपालिका र इन्रुडेक संस्थाको ५०/५० प्रतिशत सो भवन निर्माण भएको उहाँको भनाई थियो ।
वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक)बाँकेका अध्यक्ष धर्म रोकायले पछिल्लो समयमा महिलाहरु स्वदेशमा भन्दा बैदेशिक रोजगारमा जाने संख्या बढि रहेको उहाँको भनाई थियो । त्यसलाई रोक्नका लागि साक्षरता कक्षा दिई गाउँघरमा नै उद्यमी बनाउन लागि विभिन्न क्षेत्रबाट सहयोग गरिरहेका बताउनुभयो । उहाँका अनुसार सुरक्षित आप्रवासन परियोजना (सामी) ले बाँके जिल्लामा विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा काम गरिरहेका बताउनुभयो । बाँकेका ८ पालिमा मध्ये ४ पालिकाहरुमा विभिन्न क्षेत्रमा काम गरिरहेको छ ।
स्वाथ्यका भवन, मनोसामाजिक पराशर्म, साक्षरता कक्षा, बैदेशिक रोजगारमा गएका श्रीमान वा श्रीमती छन भने स्वदेशमा बस्ने व्यक्तिलाई उद्यमी बनाउने, जस्ता अन्य दजर्नौ बढि कामहरु गरिरहेका छ । यस्तै सामी परियोजनाले कम्पनीले काम नदिएको, कम्पनीले खान तथा बस्न नदिएको, करार सम्झौताभन्दा तलब कम दिएको, कम्पनीले काम गरेका अवधिको तलब नदिएको जस्ता समस्याहरुमा समाधान गर्ने काम गर्दछ ।
यस्तै सुरक्षित आप्रवासन परियोजना (सामी) का संयोजक मिना चौधरीले यस संस्थाबाट बैदेशिक रोजगारी जानका लागि राहदानी समेत बनाइने बताउनुभयाे ।
सो कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकि अधिकृत टिकाराम ढकाल, कोहलपुर इलाका प्रमुख काशी पंगेनी, र अन्य रेटर्नीहरुको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्