सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ




दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले बताए । पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।

प्रहरी निरीक्षक चुँदालीका अनुसार केही समय यता सासू-बुहारीबीच मनमुटाव हुँदै आएको थियो । सोही क्रममा मंगलबार सासू गंगी खेतमा काम गरेर फर्कने बेला बिहान ९ बजे जमुनाले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

गंगीको शव मंगलबार शान्तिनगर गाउँपालिका-६ स्थित कोरबाङको नर्सरीमा फेला परेको थियो । मृतकका छोरा रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार