शारदा पाेलिक्लिनिकले प्रत्येक महिनाको १५ गते शिविर सञ्चालन




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको शारदा पाेलिक्लिनिकले प्रत्येक महिनाको १५ गतेका दिन शिविर सञ्चालन गर्ने भएको छ । पोलिक्निकका प्रबन्ध निर्देशक सफल विकद्वारा ल्याब टेष्ट, सुगर, जेष्ठ नागरिकलाई औधषिमा १० प्रतिशत छुट गरिने बताए ।

सो पोलिक्निकमा नेपालगञ्ज मेडिकलल कलेजमा लामोसमयदेखि गुणस्तरीय सेवा दिँदै आइरहेका फिजिसियन डा. श्याम विकले प्रत्यक्ष रुपमा सेवा दिने प्रबन्ध निर्देशक विकले बताए ।

यस्तै जनरल मेडिसिन, बाल रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा सम्बन्धी, फिजियोथेरापी तथा एक्यूपञ्चर सेवा, आधुनिक ल्याब, भिडियो एक्सरे, गुणस्तरीय औषधी, डिजिटल एक्सरे, एम्बुलेन्स, इसीजी/प्रस्तुती तथा स्त्री सेवा, ढाडको दुखाई, नशा च्यापिएको, मुख बाङ्गिएको, हात खुट्टा नचल्ने, पक्षघात, हात खुट्टा झमझम गर्ने आदीको विशषज्ञ सेवा उपलब्ध रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार