माग पुरा नभए चैत २० गते देशभरीका पेट्रोलियम पम्पहरु बन्द गर्ने व्यवसायीहरुको चेतावनी

कोहलपुर ।

बाँके लगायत विभिन्न जिल्लाहरुमा रहेका पेट्रोलियम डिलर्सहरुले ६ बुँदे माग राख्दै पेट्रोलियम पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसिएसन, मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघ, मनकामना ग्याँस उद्योग र भेरी ग्याँस उद्योगले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर घर्तीलाई ज्ञापन पत्र बुझाएका थिए ।

मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विश्वराज खनालले ६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु समेत धोषणा गरिएको बताए । खनालका अनुसार चैत १० गतेदेखि एल.पि. ग्याँस उद्योगहरुले भारतका रिफाईनरीहरुबाट एल.पि. ग्याँस लोड गर्ने बन्द गर्ने, १४ गते सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य बन्द गर्ने, १६ गते पेट्रोलियम पदार्थको ढुवानी टैंकरहरुले पि.डि.यो. नलिने, १७ गते विभिन्न उद्योगहरुबाट ग्यासहरु विक्रि वितरण नगर्ने, १८ गते पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ्ग/अनलोडिङ्ग बन्द गर्ने र २० गते मागहरु पुरा नभए देशभरीका पेट्रोलियम, ग्याँस विक्रेता, ढुवानी कार्यसमेत पूर्ण रुपमा बन्द गर्ने लगायतका मागहरु रहेका उनी बताउँछन् ।

यस्ता छन् आन्दोलनका कार्यक्रमहरु