खेलकुद मन्त्री ‘अथक’ द्वारा ४ कोठे विद्यालयकाे भवन उद्घाटन

ज्ञानज्योति माध्यामिक विद्यालय कोहलपुरको ३७औं बार्षिकोत्सव सम्पन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी संघीय सरकारका युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराज (अथक)ले नेपाल सरकारले सामुदायिक विद्यालय सुधारका विभिन्न योजनाहरु अहिले लागुगरेको र सामुदायिक विद्यालयको भौतिक सुधार सरकारको जिम्मा हो भने शैक्षिक सुधार विद्यालय व्यवस्थापन तथा शिक्षकहरुको भएको वताए ।

सवै समुदायिक विद्यालयहरु खेलमैत्रि भएको वताए । संस्थागत विद्यालयहरुको भन्दा सामुदायिक विद्यालयहरुको आफनै खेल मैदानहरु भएको पाईन्छ यसले गदा पनि सामुदायिक विद्यालयहरुले खेलकुदको लागी अहम भुमिका निर्वाह गर्नु पर्ने वताए ।

कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले सवै सामुदायिक विद्यालयहरुले शैक्षिक सुधारका साथै प्रविधिक शिक्षा तर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता भएको वताए ।कार्यक्रमका अतिथी शिक्षा विकास तथा समन्वय ईकाई बाँके का प्रमुख राम सुरेश यादवले अहिलेको पछिल्लो कोरोना महामारीले शैक्षिक क्षेत्रमा ठुलो असर श्रृजना गरेको र यसलाई सवै विद्यालयहरुले यसको सुधार र समाधान सहजरुपमा गर्नु पर्ने वताए ।

कार्यक्रमा कोहलपुर नगरपालिका समाजिक विकास संयोजक नारायणी ओली, कोहलपुर शिक्षा प्रमुख रविलाल मिजार लगाएको उपस्थिती रहेको थियो । विद्यालयले नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तरगत आएको ४० लाख लागतमा वनेको ४ कोठाको विद्यालय भवनको उद्घाटन समेत मन्त्रीमार्फत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले विद्यालयको आर्थिक प्रतिवेदन तथा विद्यालयका भावि योजना र सामुदायिक विद्यालयका चुनौतिको विषयमा आफनो प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष केशव प्रसाद लम्सालले गरेका थिए ।