Kohalpur Today Header Ads

न्याय सेवा आयोग बैठक : १८५ जनाको सरुवा सिफारिस, १४० जनाको पदस्थापन (सूचीसहित)




न्याय सेवा आयोगको बैठक ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज कुइँकेल रहेका छन् । त्यसैगरी सरकारी वकिल समूहबाट सहन्यायाधिवक्ताहरु

ईश्वरी प्रसाद बञ्जाडे, दमनसिंह बिष्ट, अच्युतमणि न्यौपाने, ज्ञान प्रसाद भुसाल, कृष्णप्रसाद पुडासैनी र पुण्य प्रसाद पाठकको सरुवा सिफारिस भएको छ । आयोगको बैठकले ४० जना उपसचिवहरूको पनि सरुवा गर्ने निर्णय गरेको छ । आयोगको बैठकले कानून समूहका ४० जना उपसचिवको एकैपटक सरुवा गर्न सिफारिस गरेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

आयोगको बैठकले १४० जना शाखा अधिकृतहरुको पनि सरुवा सिफारिस गरेको छ । आयोगको बैठकले न्याय समूहबाट ४९ जना, कानून समूहबाट १२ जना र सरकारी वकिल समूहबाट ७३ जनाको सरुवा गर्न सिफारिस गरेको हो । आयोगको बैठक कुल १३४ जना शाखा अधिकृतको सरुवा गर्न सिफारिस गरेको छ ।

त्यसैगरी आयोगको आइतबारको बैठकले सहसचिव, उपसचिव र शाखा अधिकृत गरी १४० जनालाई पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको बैठकले १० जना सहचिवको बढुवासहित पदस्थापनका लागि सिफारिस गरेको हो । जिल्ला न्यायाधीशमासमेत नाम निकालेका भुवन गिरीसहित १० जनालाई सहसचिवमा बढुवासहित पदस्थापनका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी १६ जना उपसचिवलाई पनि विभिन्न स्थानमा पदस्थापनका लागि सिफारिस गरिएको छ । आन्तरिक र खुल्ला परीक्षाबाट उत्तीर्ण भएका १६ जना उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापनका लागि आयोगको बैठकले सिफारिस गरेको हो ।

त्यसगरी लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका ११४ जना शाखा अधिकृतलाई पनि विभिन्न स्थानमा पदस्थापनका लागि सिफारिस भएको छ । आयोगको बैठकले सिफारिस गरेपछि प्रधानन्यायाधीशले उनीहरुलाई नियुक्ति दिई पदस्थापन गर्नेछन् ।

आयोगको बैठकले परीक्षा उत्तीर्ण गरी मौखिक परीक्षामा सहभागी भएका दुई जिल्ला न्यायाधीशको अन्तिम नतिजासमेत प्रकाशन गरेको छ । दुई जिल्ला न्यायाधीशमध्ये एक नम्बरमा भुवन गिरी र दुई नम्बरमा ओम बहादुर सोडारी सफल भएका छन् ।

 

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार