नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखाकाे अध्यक्षमा खनाल

काेहलपुर ।

नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा व्यावसायी ज्ञानेन्द्र खनालको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ ।

आईतबार कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगर कमिटी बिस्तार गरिएको हो । नेकपा एमाले निकट भातृ संगठनको रुपमा रहेको संगठनको पछिल्लो समय तिब्र रुपमा पालिकास्तरमा संगठन निर्माण गर्न लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।

उनले भने–‘स्थानीय चुनाव नजिकिदै गर्दाै संगठनहरु निर्माणमा जोड गरिएको छ । व्यबसायिहरुको संगठन भएको हदा व्यबसायीहरुकै हकहितमा काम गर्ने नै छ पार्टीलाई सुदृढ र मजबुद बनाउने काम पनि यो संघको रहने छ ।’

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भाष्कर काफ्लेले संघको काम पहिलानै गर्नु पर्ने भएता पनि पार्टीको अस्थिर अबस्था र माओवादीहरुको मनोकांक्षा नभएको हुँदा बिस्तार हुन नसकेको बताए । पछिल्लो समय एमालेले आफ्नो गति लिदै गएको अबस्थामा एमालेका जनबर्गिय संगठनहरु निर्माण कार्यलाई तिब्रता दिइएको समेत जनाए ।

विस्तारित कोहलपुर नगर कमिटीमा उपाध्यक्षमा अन्जना धिताल(महिला), नबिन खड्का, सचिवमा सुधन ढकाल, सहसचिवमा अम्बिका आचार्य, बेदराज घिमिरे, दिपक ढुंगना, कोषध्यक्षमा ओमप्रकास चापागाई, सहकोषध्यक्षमा पुष्पराज सापकोटा, सदस्यमा भेषराज पाण्डे, राजिब शर्मा, चक्रबहादुर केसी, गुन्जमान डाँगी, रामकुमार श्रेष्ठ, ताराकुमारी बिक, अनु आले, कलमबहादुर खत्री, चेतन कुमार मल्ल, हस्त बहादुर शाही, गोबिन्द प्रसाद शर्मा, शान्ती शाही, दिपक चौधरी, एकबहादुर खड्का, सरस्वती शर्मा, इन्द्र ढकाल चयन भएका हुन ।

कार्यक्रममा संघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सचिव कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, संबिधान सभा सदस्य देबराज भार, एमाले कोहलपुर नगर कमिटी अध्यक्ष खिलप्रसाद भुसाल, प्रदेश कमिटी सदस्य र बिभिन्न जनबर्गिय संगठनका नेतहरुको उपस्थिति रहेको थियो ।