कर्णालीका प्रदेश प्रमुख परियारद्वारा पाँच विद्येयक प्रमाणीकरण

कोहलपुर ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विद्येयक प्रमाणीकरण गरेका छन्। प्रदेश सभा सचिवालय सुर्खेतको च.नं.२९३ को मिति २०७८/११/३० र च.नं.२९४ मिति २०७८/१२/०२ गतेको पत्रसाथ प्राप्त भएका पाँच वटा विद्येयकहरु प्रमाणीकरण भएको छ ।

जसमा प्रदेशमा स्वास्थय सेवा सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक-२०७८, कर्णाली प्रदेशमा व्यापार-व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक-२०७८, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७८, कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विद्येयक र प्रदेश पर्यटन सम्बन्धमा बनेको विद्येयकलाई नेपालको संविधानको धारा २०१ के उपधारा २ बमोजिम प्रमाणाीकरण भएको हो ।

विज्ञप्ती हेर्नुहोस् ।