कोहलपुर ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विद्येयक प्रमाणीकरण गरेका छन्। प्रदेश सभा सचिवालय सुर्खेतको च.नं.२९३ को मिति २०७८/११/३० र च.नं.२९४ मिति २०७८/१२/०२ गतेको पत्रसाथ प्राप्त भएका पाँच वटा विद्येयकहरु प्रमाणीकरण भएको छ ।
जसमा प्रदेशमा स्वास्थय सेवा सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक-२०७८, कर्णाली प्रदेशमा व्यापार-व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक-२०७८, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७८, कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विद्येयक र प्रदेश पर्यटन सम्बन्धमा बनेको विद्येयकलाई नेपालको संविधानको धारा २०१ के उपधारा २ बमोजिम प्रमाणाीकरण भएको हो ।
विज्ञप्ती हेर्नुहोस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्