सल्यानी समाज कोहलपुरको अध्यक्षमा चन्द

कोहलपुर ।

सल्यानी समाज कोहलपुरको अध्यक्षमा रत्न चन्द चयन भएका छन् । ‘आजको आवश्यकता सल्यानीको एकता’ भन्ने मुुल नाराका साथ कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुुख अतिथि र सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरिएको हो ।

सल्यानी समाज बाँकेका अध्यक्ष चन्द सल्यान जिल्लाका कुमाख गाउँपालिका ५ घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर ५ मा बसोबास रहेको छ । चन्द भेरी पोलिक्लिनिक अस्पतालका सञ्चालक समेत रहेका छन् ।

यस्तै उपाध्यक्षमा झुमलाल सोनार, महिला उपाध्यक्षमा मुना नेपाली, महासचिवमा निराजन थापा, सचिवमा कालि बहादुर रोका मगर, कोषाध्यक्षमा मिना कुमारी पुन मगर, सह कोषाध्यक्ष सफल विक र वरिष्ठ सदस्य मनोज विसी रहेका छन् ।

थप कोहलपुरका १५ वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरु थपिने सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दले जानकारी दिए । यस्तै नव निर्वाचित चन्दले कोहलपुरमा रहेका सल्यानीहरुको समस्या र समाधान गर्ने काम तर्फ अग्रणी भूमिका खेल्ने बताए ।

यस्तै कार्यक्रममा सल्यानी समाज बाँकेका महासचिव शालिकराम परियार, सल्यानी समाज बाँकेका प्रेस सल्लाहाकार डिल्ली शाही, कोहलपुर शहरी सानेपानीका अध्यक्ष नर बहादुर मल्ल, शस्त्र प्रहरी बल नौवस्ताका डिएसपी देव बहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो ।