कोहलपुर वडा नम्बर ४ आफ्नै भवनमा

एमालेका जनप्रतिनिधिहरुले लालपूर्जा वितरणमा रोक लगाए : नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने

कोहलपुर ।

कोहलपुर नगरपालिकाकाको ४ नम्बर वडा कार्यालयले आफ्नै भवनमा सरेको छ । पहिले भाडामा बसिरहेको वडा कार्यालय अहिले आफ्नै भवनमा सरेको छ ।

बिहिबार कोहलपुर नगरपालिका लुट बहादुर रावत र नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने र कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले संयुक्त रुपमा ४ नम्बर वडाको भवनको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा नगर प्रमुख लुट बहादुर रावतले कोहलपुरको विकास र समृद्धिका लागि निरन्तर अभियानमा लागेको बताए । उनका अनुसार अहिले प्रत्येक वडाहरुमा सडक, विद्युत, स्वास्थ्य सेवा र पूर्वाधार विकास लगायतका विभिन्न कामहरु भएको रावतले बताए ।

यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले कोहलपुरमा माओवादीको नेतृत्वमा मालपोत र नापी कार्यालय ल्याउन लागेको बताएका थिए । ‘कोहलपुर नगरपालिकामा लालपूर्जा वितरण गरौं भन्दा एमालेका जनप्रतिनिधिहरुले रोकेका छन्’ उहाँले भन्नुभयो, तर माओवादीका जनप्रतिनिधि एक जना छन त्यसमा काँग्रेसका जनप्रतिनिधिहरु समेत छन् ।’

तर एमालेका बहुमत भएकोले लालपूर्जा वितरण गरेको छैन तर त्यसको काम तुरुन्त सूचारु गर्नका लागि नगरपालिकालाई अनुरोध गर्नुभएको थियो । कोहलपुर वडा नम्बर १ मा नापी सम्बन्धी सम्पूर्ण काम भएको छ तर त्यहाँ लालपूर्जा वितरण गर्दा केही फरक पर्दैन उहाँले थप्नुभयो, हामीले लालपूर्जा वितरण गर्नका लागि पहल समेत गरेका थियौं ।, तर माओवादी केन्द्रको पहलबाट हुनेभएपछि एमालेका जनप्रतिनिधिले लालपूर्जा वितरण गर्नुहुँदैन भन्दै न्यौपानेले आरोप लगाएका छन् ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तिरथराम थारुले अहिले वडा कार्यालय बनाएको स्थान नै भूमाफियाले जग्गा कब्जा गर्ने पक्रिया चालेका रहेछन् तर वडा कार्यालयमा जानकारीका लागि आएपछि मिडिया मार्फत बाहिर आएको बताए ।

त्यसको व्यापक विरोध समेत भएको थियो उहाँले भन्नुभयो तर त्यसको समाधान गर्दै अहिले वडा कार्यालयको स्थापना भई जनताको सहज र सरलबाट सेवा दिइने उनको विश्वास दिलाएका थिए । पहिले भाडामा रहेको वडा कार्यालय अहिले आफ्नैै भवनमा आउँदा स्थानीयहरु निकै खुसी व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकिकृत समाजबादी, राप्रपा, जनमोर्चा, लगायत अन्य संघसंस्थाका व्यक्तिहरुको समेत उपस्थित रहेको थियो ।