संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन २६ गते बिहीबार













प्रतिक्रिया दिनुहोस्