सुगम शर्मा ।
सुर्खेतमा एक बालकले मोबाइल नकिनिदिएको निहुँमा आत्महत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका ८ वर्षीय बालकले मंगलबार आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले भने, ‘ती बालकले परिवारकै कसैको मोबाइलमा गेम खेल्ने, भिडियो हेर्ने गर्दा रहेछन् । उनलाई मोबाइलको लत बसेपछि बुबासँग मोबाइल किनिदिन आग्रह गरेको देखिन्छ ।
तर मोबाइल नकिनिदिएपछि आफ्नै घरमा आत्महत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाउँछ ।’ घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्