घाँटी काटिएको अवस्थामा महिलाको शव फेला




भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको हो ।

घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । ती महिलाको नाम ठेगाना खुलेको छैन ।
टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो ।

सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार