कोहलपुर, बाँके । कोहलपुर नगरपालिका–८ मा ए.आर. क्रिस्टल एण्ड ज्वेलरी सञ्चालनमा आएको छ। बिहीबार सञ्चालक सिता केसी (आचार्य)का छोराछोरीले रिबन काटेर ज्वेलरीको औपचारिक उद्घाटन गरेका हुन्।
सञ्चालक केसीका अनुसार कोहलपुर क्षेत्रमा क्रिस्टलका गरगहना तथा पञ्चधातुका सामग्रीको माग बढ्दै गएपछि व्यवसाय सञ्चालनमा ल्याइएको हो।
“पहिले हामी पनि यस्ता सामग्री अनलाइनबाट मगाउने गर्थ्यौँ। तर स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्दा ग्राहकलाई सहज हुने र आवश्यक सामग्री छिटो उपलब्ध गराउन सकिने भएकाले ज्वेलरी सञ्चालनमा ल्याएका हौँ,” केसीले भनिन्।
ज्वेलरीमा विभिन्न प्रकारका क्रिस्टलका गरगहना, पञ्चधातुका सामग्री तथा आकर्षक डिजाइनका गरगहना उपलब्ध रहेको उनले बताइन्। ग्राहकको आवश्यकता, रुचि र मागअनुसार विभिन्न डिजाइनका सामग्री उपलब्ध गराइने केसीको भनाइ छ।
उनका अनुसार ज्वेलरीमा गुणस्तरीय तथा आकर्षक सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। स्थानीय ग्राहकलाई घरआँगनमै आवश्यक सामग्री उपलब्ध गराउने र सहज सेवा दिने उद्देश्यले व्यवसाय सञ्चालन गरिएको उनले बताइन्।
कोहलपुर क्षेत्रमा गरगहना तथा क्रिस्टलका सामग्री खरिद गर्न चाहने ग्राहकका लागि ए.आर. क्रिस्टल एण्ड ज्वेलरी थप विकल्पका रूपमा आएको छ। ग्राहकले ज्वेलरीमा प्रत्यक्ष सम्पर्क गर्नुका साथै ९८४११२१७९८ र ९७१४४३७०४५ मा फोन गरी सामग्रीबारे जानकारी लिन तथा अर्डर गर्न सक्ने व्यवस्था रहेको सञ्चालक केसीले जानकारी दिइन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्