Kohalpur Today Header Ads

छिमेक लघुवित्तद्धारा किसानलाई व्यवसायीक पशुपालन तालिम




सुनिसा चन्द, कोहलपुर ।

छिमेक लघुवित्त वित्तीय संस्था लुम्बिनी प्रादेशिक कार्यालयद्धारा किसानलाई व्यवसायीक पशुपालन तालिम दिएको छ । पुष १ गतेदेखि सञ्चालन भएको व्यवसायीक पशुपालन तालिम आज समापन गरिएको छ ।

पाँच दिन सञ्चालन भएको किसानलाई व्यवसायीक पशुपालन तालिममा रोल्पा, दाङ, बाँके र बर्दियाबाट ३५ जनाको सहभागिता व्यवसायीक पशुपालन तालिम समापन गरेको छिमेक लघुवित्त वित्तिय संस्था लि.का प्रदेश प्रमुख रामनाथ महतोले जानकारी दिए ।

LIfe Ok

उनका अनुसार पहिलो दिनमा गाईभैसीपालनको परिचय, वर्तमान अवस्था र महत्व, स्थानिय तथा उन्नत नश्लका पशुहरु तथा स्थानीय गाईभैसीको महत्व, कमि कमजोरी र संरक्षण तथा विकास सम्बन्धी प्रशिक्षक चेत राज बोहराले तालिम दिएका
थिए ।

यस्तै गाईभैसी गोठ व्यवस्थापन तथा आधुनिक तरिकाबाट गोठ निर्माण बारेमा जानकारी, गाईभैसी अवस्था अनुसार क्षेत्रफल निर्धारण विधी, जैविक सुरक्षा र प्रजनन विधि गुणस्तर सुधार, नश्ल सुधार सम्बन्धी सन्तोषी घिमिरे प्रशिक्षण गरेका थिए ।

दोस्रो दिनमा लघुउद्यम तथा उद्यमशिलता विकास बारे छलफल, असल उद्यमीमा हुनुपर्ने गुण, व्यवसायिक योजना र व्यवसाय जोखीम बारे सचेतना खेल (टोपे) सम्बन्धी तालिम दिइएको थियो ।

यस्तै तेस्रो दिनमा गाईभैसी छनोट तथा थारा, व्याउने पशु र व्याएका माउ पाडा पाडीहरुको स्याहार सुसार र हेरचाह बारे जानकारी, आहारा निर्माण तथा अवस्था अनुसार पशु लाई आहार खुवाउने विधि, डाँले घाँस तथा भुईघाँस लगाउने तथा खुवाउने तरिका बारेमा तालिम दिइएको थियो ।

बारबर्दिया नगरपालिकाका पशु सेवा शाखाका प्रमुख दिपक थापाले पशु पालनका लागि पाउने अनुदानहरु तथा कार्यक्रम, समुह गठन तथा दर्ता प्रक्रिया र कृषि फर्म दर्ता प्रक्रिया सम्बन्धी जानकारी दिएका थिए ।

यस्तै चौथो दिनमा गाईभैसीको गोठ अवलोकन र भ्रमण, साईलेज बनाउने तरिका र मिनरल ब्लक बनाउने विधि बारे तालिम दिइएको थियो ।

यस्तै पाँचौ दिन अर्थात समापनको दिनमा पशु लाग्ने रोग तथा रोगथामको उपाय, गाईभैसीमा प्रयोग गरिने खोप सम्बन्धी तालिम दिइएको थियो ।

किसानहरुलाई तालिमले काम गर्ने जोश र जागर थप गर्दै सकारात्मक प्रभाव पारेको र आगामी दिनमा समेत यस्ता तालिमहरुलाई निरन्तरता दिन तालिममा सहभागी विष्णु नेपालीले जानकारी दिइन् ।

यस्तै छिमेक लघुवित्त वित्तिय संस्थाका ‘क’ का शाखा प्रबन्धक तपेन्द्र बहादुर साउँदले गरेका थिए भने ‘ख’ का कृष्ण बहादुर थापाले कार्यक्रमको सहजिकरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस ५ गते बिहीबार