काेहलपुर ।
नेपाली कांग्रेस बाँकेको उपसभापतिमा गोपाल प्रसाद अधिकारी र कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । अधिकारी ८५७ र कार्की ६८९ मतका साथ निर्वाचित भएका हुन् । अधिकारी सभापतिमा निर्वाचित नारायण प्रसाद गौडेल प्यानलका हुन् भने कार्की संस्थापनका हुन् । निकटतम् प्रतिद्वन्दी सुदिप नरसिंह राणा र राज कुमार मौर्यले क्रमशः ५६५ र ५६४ मत पाए ।
यस्तै सचिवमा सुधान्शु कोइराला र सञ्जु कुमारी चौधरी विजयी भएका छन् । कोइरालाले ७८९ र चौधरीले ७८५ मत पाएका छन् । कोइराला गौडेल र चौधरी संस्थापनकी हुन् । सचिवमा पराजित टंक प्रसाद काफ्ले (आशिष) ले ५४९ र रविन्द्र बहादुर हमालले ४९२ मत ल्याएका छन् ।
सहसचिवमा रेनु सिंह ठाकुर र विनोद कुमार थारु निर्वाचित भएका छन् । ठाकुरले ७३४ र थारुले ६७५ मत ल्याए । ठाकुर गौडेल र थारु संस्थापनका हुन् । निकटतम् प्रतिद्वन्दी पूर्ण कुमार सिंह ठकुरी (पुरन) ले ६४३ र विश्वराज लम्सालले ५१७ मत पाए ।
सभापतिमा नारायणप्रसाद गौडेल ७६० मतका साथ निर्वाचित भएका थिए । उनले संस्थापनका बादशाह कुर्मीलाई हराएका हुन् । कुर्मीले ६६३ मत पाए । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् विहिबार भएको निर्वाचनमा १४४५ मत खसेको थियो ।
सभापतिमा भने पहिलो चरणमा परिणाम नआएपछि शुक्रबार फेरि चुनाव भएको थियो । पहिलो चरणमा गौडेल, कुर्मी र सुरेन्द्र हमाल प्रतिष्पर्धामा थिए । कम मत ल्याएका हमाल दोस्रो चरणको प्रतिष्पर्धाबाट बाहिरिएका थिए । शुक्रबार भएको चुनावमा १४३९ मत खसेको थियो । बाँकेमा १४९३ मतदाता थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्