बांके क्षेत्र नं -१ नेपाली कांग्रेसका उम्मेदवार एवम् सादगी र जनतामा भिजेका अनुभवी नेता नारायण प्रसाद गौडेलले आमजनता समक्ष गरे अपिल ।




बांके क्षेत्र नं -१ का सादगी एवम् जनताका नेता नारायण प्रसाद गौडेलको आम मतदाता लाई विशेष अनुरोध गर्दै आफुलाई जिताउन जनताको घर दैलोमा आशीर्वाद लिइरहेका छ्न ।
उनी यसरी आम जनताको घर घरमा पुगि यस्तो भन्दै छ्न जनताको दुःख-सुःखमा सधै साथदिन रातदिन सेवामा समर्पित हुँदै आएको मेरो राजनीतिक यात्राको साक्षी बांकेबासी रहेको जानकारी दिएका छ्न । उनी भन्छ्न जनताको घरदैलोमै पुगेर सेवा गर्नु आफ्नो लागि केवल सेवा मात्र होइन कर्तव्य भएको वताउंछ्न।


जीवनमा राजनीति बुझेदेखिनै समाजसेवा र जनता जनार्दन हुन भन्ने भावनाले काम गरेको जानकारी पनि दिएका छ्न र आम मतदाताले यो बुझेका पनि छ्न । यो बांके बासी लाई अवगत नै छ। यस महत्वपूर्ण घडीमा नेपाली काँग्रेसको मुल्यमान्यता आदर्श र बीपीको समाजवादलाई सशक्त रूपमा अघि बढाउन मुलुकमा सुशासन समृद्धि र दिगो विकासका लागि सधैं लागि पर्ने प्रतिवद्द्ता समेत जनता सामु व्यक्त गरेका छ्न ।


सदनमा जनताको प्रतिनिधित्व गर्न समेत जनताको मत एवम् सक्रिय भूमिका अपरिहार्य रहेको जानकारी दिदै आएका छ्न । यस क्षेत्रका आदरणीय सम्पूर्ण मतदाताहरु लाई सक्रियता पूर्वक प्रतिनिधि सभा क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ नारायण प्रसाद गौडेल र समानुपातिक तर्फ दिपनारायण बर्मा लाई नेपाली काँग्रेसको चुनाव चिन्ह रूखमा मतदान गराउन आम बांके क्षेत्र नं -१ बासिको महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ । नेपाली काँग्रेसलाई विजय बनाउने महा-अभियानमा सक्रियताका साथ लागि दिनुहुन हार्दिक अपिल समेत उनले गरेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार