नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी सल्यानका सह सचिव कृष्ण बि.सीले राजीनामा दिएका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न ७ का सचिव समेत रहेका बिसीले बिहीबार एक विज्ञप्ति जारी गरी राजीनामा दिएको घोषणा गरेका हुन ।
एमालेले अघि सारेको जनताको बहुदलीय जनवाद उत्कृष्ट हुँदा हुँदै केही रैती मानसिकता धारी दलालहरूका कारण पार्टी त्याग्नु परेको बताएका छन् । समाज रूपान्तरणका लागि राजनीतिमा प्रवेश गरेको भए पनि इमानदार र पार्टी प्रति कर्तव्यनिष्ठ कार्यकर्ताको कुनै मूल्याङ्कन नभएपछि पार्टीबाट राजीनामा दिनु परेको उनले बताएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्