गायक सन्तोष दवाडीको नयाँ गित सिट्टी फुकेर सार्वजनिक




कोहलपुर । 

लोक तथा दोहोरी गायक सन्तोष दवाडीको नयाँ लोक दोहोरी गित सिट्टी फुकेर सार्वजनिक भएको छ ।  डा. बाबुराम दवाडीको शब्द रहेकोे गितमा गायक सन्तोष दवाडी र संगिता पंगेनीको स्वर रहेको छ ।

मनासलु डिजिटल म्युजिक प्रालीको उत्पादनमा तयारी गरिएको सो गित संहिता पंगेनी युट्युव च्यानलबाट चैत ३ गते सार्वजनिक भएको गायक दवाडीले जानकारी दिए । गितमा भिम खड्का रुविना अधिकारी लगायतको भुमिका रहेको छ भने विक्रम चौहानले म्युजिक भिडियोको निर्देशन गरेका छ्न ।

पृथक शैलीमा तयार गरिएको सिट्टी फुकेर गित पछिल्लो समय चर्चामा रहेको छ। आम दर्शक स्रोताहरुले सन्तोष दवाडीको अहिलेसम्मकै उत्कृष्ट गित आएको प्रतिक्रिया दिएका छ्न । पछिल्लो समयमा सांगीतिक क्षेत्रमा क्रियाशिल रहेका दवाडीले दर्जनौं गितहरुमा स्वर दिइसकेका छ्न ।

याे भिडियाे पनि हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत १६ गते शुक्रबार