
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कृषि मण्डीमा कृषि मेला प्रर्दशनी तथा सचेतना कार्यक्रम २०८२ सुरु भएको छ ।
बुधबार कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथि तथा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीको सभाअध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । उपप्रमुख सुवेदीले किसानहरुले उत्पादन गरेको तरकारीहरुमा पानी हालेर कृषि मेला प्रर्दशनी तथा सचेतना कार्यक्रम २०८२ उद्घाटन गरेकी थिइन् ।

सुवेदीका अनुसार कोहलपुर नगरपालिकाले कृषकहरुलाई सहुलियत हुने गरी आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा समेत अझै प्रभावकारी रुपमा नयाँ कार्यक्रम तथा नितिहरुमा समेट्ने बताइन् ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना अधिकारीले कृषकहरुलाई प्राथमिकतामा राखेर काम गरिररहेको र कृषकहरुले उत्पादन गरेका बस्तुहरुलाई बजारीकरण गर्ने पक्षमा निरन्तर लागि रहेको बताइन् ।

यस्तै कृषि महोत्सवमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमका प्राविभिक प्रमुख चन्द्र बहादुर बुढा, कोहलपुर नगरपालिकाका कृषि शाखाका कर्मचारी प्रताव बोहोरा, भेरी शित भण्डारका अध्यक्ष बलराम भट्टराई, लगायत कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरा, जानकी लगायतका कृषकहरु कृषि महोत्सवमा उल्लेख्य उपस्थित रहेको थियो ।

कृषि महोत्सव आगामी माघ ९ गतेसम्म सञ्चालन हुनेछ भने कार्यक्रम जानकी पुनले सञ्चालन गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्