रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु




रौतहट । कटहरिया नगरपालिका- २ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ ।

आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ । बस्ती र सरकारी कार्यालयहरु डुबानमा परेका छन्।

पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा ३२६ मिलिमिटर) गौरमा ३०४.४ मिलिमिटर, गरुडामा २७०.४ मिलिमिटरमा पानी परेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार