
कोहलपुर । मृतक रित्तक शाहीका आफ्न्तले कोहलपुर–सुर्खेत अनिश्चिकालिन यातायात बन्द गरेका छन् । बुधबार कोहलपुर, सुर्खेत, अछाम जिल्लामा अनिश्चितकालिन रुपमा बन्द गरेका छन् ।
कोहलपुरमा अध्ययन गरी रहेका विद्यार्थीहरु दशैं मनाउन अछाम जादै गरेका रित्तिक शाही (तिलक शाही) लाई ट्रकले ठक्कर दिँदा रित्तिक शाहीको मृत्यु भएको थियो ।
तीन दिनसम्म ट्रकका साहु प्रहरीको सम्पर्क नआएको भन्दै आफ्न्तले आक्रोस पोख्दै कोहलपुर सुर्खेत सडकखण्ड चल्ने यातायातहरुलाई आवतजावतमा पूर्ण रुपमा बन्द गरेका छन् ।
कोहलपुरबाट सुर्खेत हुँदै अछाम जाने क्रममा बाट नेपालगंज आउँदै गरेको ना ५ ख ५६०८ नं को ट्रकले सुर्खेतको पाण्डुले भन्ने ठाउमा ठकर दिँदा विद्यार्थी रित्तिक शाही (तिलक शाही) को घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी र्कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
गम्भिर घाइते विद्यार्थी दमन शाहीको लखनउमा उपचार भइरहेको निजको अवस्था चिन्ताजनक भएको उनका आफ्न्त हिक्मत शाहीले जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्