आज राशिफल कस्ताे हुनेछ हेर्नुहोस्, २०८२ असोज ०३ (शुक्रवार)




मेष : तपाईंलाई भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

वृष : ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

मिथुन: शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।

कर्कट : जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।

सिंह : धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

कन्या : धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन।

तुला : अरुले बिश्वास गर्नेछन। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन।

वृश्चिक: सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

धनु : सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।

मकर: अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।

कुम्भ : नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।

मीन : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरु शुचारु हुनेछन। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार