स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैया सहित तीन जना पक्राउ




कोहलपुर । कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई पक्राउ परेका छन ।

आइतबार साँझ प्रहरीले कोहलपुर ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा। ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार