
काठमाडौँ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार मन्त्रीहरूको शपथ हुन लागेको छ ।
शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि मञ्च बनाइएको छ । मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएको छ । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ ।
यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको हो ।
आज अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्