प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा




अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथलगत्तै उनी पीएसओ खटिएका हुन् । नेपाल प्रहरीको इन्स्पेक्टरमा २०७० सालमा भर्ना भएका थापा केही महिनाअघि डीएसपी बढुवा भएका थिए । उनी संखुवासभा जिल्लाका बासिन्दा हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार