कर्णालीमा स्टार्टअप आईडिया पिच कार्यक्रम सम्पन्न




भगवती पोख्रेल, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले कर्णालीमा स्टार्टअप आइडिया पिच कार्यक्रम सम्पन्न गरेको छ । एक कार्यक्रमका विच नवप्रवर्तनात्मक उद्यमशीलतासँग जोडदै मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत  विद्यार्थीहरु लाई उक्त कार्यक्रम प्रदान गरिएको हो ।


मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत व्यवसाय इन्कुवेसन केन्द्र (Business Incubation Centre) द्वारा शनिवार आयोजित नवप्रवर्तनात्मक उद्यमशीलतासँग स्म्बन्धित स्टार्टअप आइडिया पिच कार्यक्रम वीरेन्द्रनगर, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्वन्धित निकाय प्रमुख सहित विश्वविद्यालयका विभिन्न केन्द्रीय विभाग तथा आंगिक क्याम्पसमा अध्ययनरत विधार्थीहरुले कृषि, जडिबुटी, सूचना प्रविधि, खाद्य, बायोटेक्नोलोजी,पर्यावरण, पशुपालन लगायतका क्षेत्रमा १२ वटा नवप्रवर्तनात्मक व्यवसायिक प्रस्तावको आइडिया पिच प्रस्तुत गरिएको हो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका  रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल, कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मात्रालयका सचिव शेरबहादुर श्रेष्ठ सहित विभिन्न क्षेत्रका उद्यममीहरु, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समुपस्थितिमा आइडिया पिच सम्पन्न भएको हो ।


कर्णालीमा पहिलोपटक इन्कुवेसन सेन्टर स्थापनाका लागि पहलकदमी गर्ने आयोजक व्यवसाय  इन्कुवेसन सेन्टर तथा गुणस्तर सुनिश्चितता निर्देशनालयका कार्यकारी निर्देशक डा. सुशील कुमार शाही, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा.पुष्पराज आचार्यद्वारा प्रस्तावकहरु लाई स्टार्टअप सम्बन्धी आवश्यक पृष्ठपोषण प्रदान गरेका थिए।  कार्यक्रममा सहभागीहरुको व्यवस्थापन  लगायत समग्र प्रशासनिक सहजीकरण विश्वविद्यालयका प्रशासन अधिकृत शेरबहादुर केसीले गरेका हुन ।  विश्वविद्यालय लाई नवप्रवर्तनात्मक उद्यमशीलतासँग जोड्दै व्यवहारिक र जीवनपयोगी सीप प्रदानगरी गुणस्तरीय शिक्षाको अभिष्ट पूरागर्न कार्यक्रम फलदायीहुने अपेक्षा गरिएको छ । सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट आफ्नो उद्यमशीलताको क्षमता प्रदर्शन गर्न र नयाँ व्यवसाय सुरु गर्न थप प्रोत्साहन मिलेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार