
File Photo
कोहलपुर । कोहलपुर इलाका प्रहरी कार्यालयबाट दिउँसै मोटरसाइकल चोरी भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा काम विशेषले दिउसो १२ बजे प्रवेश गरेका कोहलपुरका सुरज यादवको काम सकेर फर्किदै गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरको पाकिङ्ग गरिएको बाईक नै चोरी भएको हो ।
शुक्रबार भे ११ प ९६७८ नम्बरको कालो रातो पल्सर बाईक प्रहरीको कम्पाउन्डबाटै हराएको हो । उनले आफ्नो बाईक हराएको भनि प्रहरी समक्ष आफ्नो गुनासोको साथै निवेदन पनि दिएका छन् । प्रहरी कार्यालयबाटै बाइक हराउनु शान्ति सुरक्षा कत्तिको छ ? भन्ने मा प्रश्न चिन्ह खडा भएको छ ।
कोहलपुर प्रहरीले चोरी घटनामा संलग्न रहेका अझैसम्म मुख्य अभियुक्तसम्म पुग्न भने सकेको छैन । यस बिषयमा जानकारी दिदै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (प्रहरी नायव उपरीक्षक) लक्ष्मी खनालले सेवाग्राहीको बाईक हराएको र सो सम्बन्धमा खोजि कार्य अगाडी बढाईएको जानकारी गराएका छन ।
चौबिसै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहेको प्रहरी चौकीबाटै बाईक हराउनु कतिको सुरक्षित छ कोहलपुर ? कहाँ छ सुरक्षाकर्मीको निगरानी ? प्रहरीको अनुसन्धान फितलो छ चोरी गर्ने व्यक्ति नियन्त्रणमा लिन सकेको छैन ।
समुदाय प्रहरीसंग नजिक हुन चाहन्छ तर यस्ता किसिमका गतिविधिले समुदायमा प्रहरी सेवा बद्नाम हुदै गइरहेको छ ।
यादवले इप्रका कोहलपुरमा कुटपिट गरेको भनि जाहेरी दिन करिब १२ बजे इप्रका कोहलपुरमा जाहेरी दिनका लागि आएका थिए, इप्रकाको पाकिङ्गमै राखेर भित्र काम गर्र्दै गर्दा घर फिर्किने क्रममा मोटरसाइकल नै गायव भएको यादवले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्